४ जेष्ठ २०८१, शुक्रबार

 

प्रदेश सभापतिहरुको भेला पोखरामा गर्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले प्रदेश सभापतिहरुको भेला गर्ने भएको छ । भदौ १६ र १७ गते पोखरामा भेला गर्न लागिएको छ । सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु भेलामा सहभागी हुने गण्डकीका प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।

१६ गते उद्धघाटन र १७ गते बन्द सत्र हुने सम्मेलनमा प्रदेशका कांग्रेस पदाधिकारीहरु पनि सहभागी हुनेछन् । ‘पार्टीका साथीहरु एक ठाउँ बसेर समसायिक विषयमा छलफल गरौं । संगठनलाई विश्वासिलो कसरी बनाउने र नयाँ पिढीका लागि कांग्रेसप्रति आकर्षित गराउने बारेमा छलफल हुन्छ,’ शर्माले भने । भेलाको दोस्रो दिन पोखरा घोषणापत्र जारी गरिने शर्माले जानकारी दिए । १४ औं महाधिवेशनबाट प्रदेश कार्यसमितिको संरचनामा गएको कांग्रेसले पहिलो पटक प्रदेश सभापतिको भेला गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्