४ जेष्ठ २०८१, शुक्रबार

 

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले भदौ १९ गते क्षेत्रीय सम्मेलन गर्ने

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले यही भदौ १९ गते क्षेत्रीय सम्मेलन गर्ने तयारी गरेको छ । पार्टीको संगठनलाई टोलटोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी पार्टीको नीति सम्बन्धमा जनतालाई जागृत गर्नुपर्ने मुख्य उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ का क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षतामा बिहिबार बसेको बैठकले पार्टीका केन्द्रय नेताको उपस्थितिमा कार्यक्रम गर्ने निर्णय गरेको हो । नेता कार्यकर्तालाई उच्च मनोबलका साथ संगठनलाई बलियो बनाउनका लागि कार्यक्रम गर्न लागेको क्षेत्रीय सभापति पौडेलले बताउनु भयो ।

सम्मेलन सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । बैठकले क्षेत्रीय सचिव जयराम भारीको संयोजकत्वमा प्रचार प्रसार समिति,दिननाथ गौतमको संयोगकत्वमा आर्थिक शंकलन उपसमिति, चक्र बहादुर खड्काको संयोजकत्वमा स्वयमसेवाक उपसमिति गठन गरिएको सचिव जयराम भारीले जानकारी दिनु भयो ।

नेपाली काँग्रेस बागलुङले वडा देखी जिल्ला तह सम्मको सम्मेलन गर्ने अभियानमा रहेको छ । साउन ४ गतेको काँग्रेस बागलुङको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका पाँच वटै तहमा सम्मेलन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम वडा, नगर तथा पालिका र प्रदेश सभा क्षेत्र तहको सम्मेलन सम्पन्न गरेको काँग्रेसले भदौ १९ मा प्रतिनिधि सभा क्षेत्र १ को सम्मेलनको तयारी गरिएको हो ।

सवै तहमा सम्मेलन सकिए पछि असोज ६ गते जिल्ला सम्मेलन गर्ने नेपाली ककाँग्रेस बागलुङले तयारी गरेको छ । सम्मेलनमा पार्टीका सवै तहका नेता तथा कार्यकर्ताको उपस्थितिमा हुनेछ । जहाँ राजनितिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगाी वर्षका कार्ययोजना समेत प्रस्तुत हुने काँग्रेस बागलुङले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्