४ जेष्ठ २०८१, शुक्रबार

 

महरापुत्र राहुललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर पुत्र राहुल महरालाई जिल्ला अदालत काठमाडौंले भेपमा सुन लुकाएर तस्करी गरेको आरोपमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद पाएको हो ।

संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ ।केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका योजनाकारको रुपमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनमा मुख्य योजनाकार किटान गरेर बयान समेत नगराएको भन्दै उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । उनीहरुको सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग संम्बन्ध देखिएको हो ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग उनीहरुको सम्पर्क देखिएको थियो । प्रहरीले यसअघि पक्राउ परेकाहरुविरुद्ध भने सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वासघात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्