४ जेष्ठ २०८१, शुक्रबार

 

हरेक गाउँ शहरका पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक कहाँ पुगेर उनीहरुको समस्या बुझ्नुहोस : इन्चार्ज गोविन्द पौडेल

बागलुङ । नेकपा माओवादी केन्द्र, बागलुङ नगरपालिका वडा नं ३ को बैठक सम्पन्न भएको छ । ३ नं वडा समितिका अध्यक्ष राजन शर्माको अध्यक्षतामा शनिवार सम्पन्न बैठकमा मन्तव्य दिदै केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज गोविन्द पौडेलले माओवादी पार्टीलाई देशको बलियो शक्तिको रुपमा अगाडि बढाउन माओवादी केन्द्रका नेता इमान्दार र जवाफदेहि हुनु पर्ने बताउनु भयो ।

हरेक गाउँ र टोलमा रहेका पार्टीका कार्यकता, समर्थक र शुभेच्छुकहरुलाई भेट्ने, समस्या बुझन्ने र उनीहरुलाई पार्टीको समितिमा राखेर उपयुक्त जिम्मेवारी दिएर क्रियासिल बनाउनु पर्छ पौडेलको भनाई थियो ।

पार्टीलाई सर्वसाधारण जनतासँग जोड्न नसक्दा र गाउँ र शहरमा बस्ने कार्यकता, समर्थक र जनताको पक्षमा काम गर्न नसक्दा माओवादी केन्द्र प्रतिको जनसमर्थन घट्दै गएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य मुकेशचन्द्र राजभण्डारीले बताउनु भयो ।

भारतको शहर शहरमा केजरीवालको पार्टी विजयी हुने तर नेपालमा शहर शहरमा माओवादी केन्द्र पराजित हुनुको मुख्य कारण समर्पण भावका साथ जनता प्रति उत्तरदायि भएर काम नगर्दा हो राजभण्डारीको भनाई थियो ।घर घरमा माओवादी, जन जनमा माओवादी भन्ने मुल नाराका साथ पार्टीका कार्यकर्ताहरुको घरघरमा पुगेर तीन महिने विशेष रुपान्तरण अभियानमा सहगाभी हुन शर्माले सबैलाई अपिल गर्नु थियो ।

हामी आदर्श, समर्पण भाव र उद्देश्यबाट विचलित हुँदा पार्टी कमजोर भएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सदस्य कुलचन्द्र शर्माले बताउनु भयो । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार काठमाडौँको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’ को भिडियो सम्बोधनलाई केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज गोविन्द पौडेलले यहाँ शुभारम्भ गर्नु गर्नु भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र, बागलुङ नगरसमितिका सचिवालय सदस्य निरज शाक्यले मन्तव्य व्यक्त गर्नुगर्नु भएको थियो ।कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र, बागलुङ नगरसमितिका सदस्य राजु प्रसाद शर्माले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्