४ जेष्ठ २०८१, शुक्रबार

 

पर्वतको कार्कीनेटामा वासु स्मृति दिवस मनाइयो

पर्वत । नेकपा माओवादी केन्द्र फलेवास नगरपालिका वडा नं १ ले कार्कीनेटामा २४ आंै वासु स्मृति दिवस तथा वडा भेला सम्पन्न गरेको छ । शनिबार जनतासँग माओवादी विशेष रूपान्तरण अभियान तथा घर घरमा माओवादी जनजनजनमा माओवादी अभियान अन्र्तगत कार्यक्रम सम्पन्न भएको हो ।

सशस्त्र द्धन्द्धको समयमा २०५६ भदौ २३ गते गोर्खाको गाँखुमा राज्य पक्षबाट तत्कालिन नेकपा माओवादीका पोलिटव्युरो सदस्य सुरेश वाग्ले वासु र कम्पनी कमाण्डर भिमसेन पोख्रेल वैरागीलाई हत्या गरिएको थियो । कार्यक्रममा वोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्याक्ष ज्ञामनाथ गैरे अनिलले माओवादी आन्दोलनमा नेता, कार्यकर्ता र जनताको बलिदानको कारण देशमा परिर्वतन संम्भव भएको बताउनु भयो ।

पार्टी अध्यक्ष तथा सरकारका प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारले गरेका राम्रो काम र पार्टीको विचार, कार्यक्रम कार्यकर्ता, शुभेच्छुक, समर्थक र सर्वसाधारण जनता कहाँ लैजान सके मात्र समाजवाद उन्मुख समाज बनाउन र आर्थिक रुपान्तरण गर्न सकिने गैरेको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यहरु मेखलाल विश्वकर्मा, गंगा तिमल्सिना, तारा रिजाल , दलित मुक्ति मोर्चा नेपाल प्रदश समितिका सहसचिव विष्णु बहादुर विकले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रम नेकपा माओवादी केन्द्र फलेबास नगरपालिकाका वडा नं १ का अध्यक्ष पिताम्बर सुनारको अध्यक्षता, नगरसमितिको सदस्य लक्ष्मण विकको स्वागत र संचालन वडा सचिव कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्