१५ बैशाख २०८१, शनिबार

 

गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सको बागलुङमा उपशाखा विस्तार

बागलुङ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले बागलुङमा नयाँ उपशाखा कार्यालय विस्तार गरेको छ ।

नेपाल बिमा प्राधिकरणबाट लघुबिमा कम्पनीको लाईसेन्स पाएको कम्पनीले बागलुङ बजारमा उपशाखा विस्तार गरि व्यवसायीक कारोबार सुरु गरेको हो ।

उपशाखाको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले जीवन बिमा न्युन आय भएकाहरुको लागि अति आवश्यक रहेको हुँदा यस लघु जीवन बिमाले सबैलाइ समेटन सक्ने विश्वास व्यक्त गर्नु भयो ।

यस क्षेत्रमा उपशाखा खोली जनतालाई लघु बिमा सेवा उपलब्ध गराउन लागेकोमा गार्डियन माइक्रो लाइफलार्इ  धन्यबाद ज्ञापन गर्दै सम्पूर्ण जनतामा कम्पनीले उपलब्ध गराउने सेवाबाट लाभ लिन आग्रह गर्नु भयो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बिमाको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । भण्डारीले गाउँ गाउँका गरिब जनताको माँझमा स–साना बिमा सेवा पुर्याउने उद्देश्यले स्थापना भएका लघुजीवन बिमा कम्पनीहरुको आगमनसँगै बिमाको दायरा अझै बृद्धि हुने दावी गर्नु भयो ।

उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारी, बागलुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष सञ्जय श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका इश्वर आचार्य, गण्डकी धौलागिरी यातायात प्रालिका अध्यक्ष उमेश केसी लगाएतले बोल्नु भएको थियो ।

सो अवसरमा बिमा अभिकर्ता तालिम समेत सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको तालिममा उपस्थिति अभिकर्ताहरुलाई लघुबिमा अभिकर्ताको विषयमा कम्पनीका कैलाश देवकोटाले प्रशिक्षण दिनु भएको बागलुङ उपशाखा प्रवन्धक दिपा बरालले बताउनु भयो ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्