२१ बैशाख २०८१, शुक्रबार

 

गलकोट स्पोर्टस् क्लब टोकियो जापानको अध्यक्षमा दुर्गाबहादुर खत्री र महासचिवमा दिनेश थापा

जापान । गलकोट स्पोर्टस् क्लब टोकियो जापानको मंगलबार सम्पन्न पाँचौ अधिवेशनले आगामी कार्यकाल २०२३(२५ का लागि दुर्गा बहादुर खत्री अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेका छन् ।

जापानमा रहेका नेपाली खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान दिन सहयोग गर्ने उद्देश्यले सन् २०१५ मा गठित गल्कोट स्पोर्ट्स क्लवको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश निउरे, उपाध्यक्षमा रमेशकुमार खत्री, इश्वर बस्नेत, गणेश केसी, दिपक सुवेदी निर्वाचित भएको निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीले जानकारी दिनु भयो।

क्लवको महासचिवमा दिनेश थापा, सचिवमा नारायण थापा र असिम बस्नेत कोषाध्यक्षमा सुरज केसी, सह कोषाध्यक्षमा गोम बुढाथोकी र हेमन्त खत्री, खेलसंयोजकमा कुशल भण्डारी र लेखा संयोजकमा खिमबहादुर निउरे निर्वाचित भएका छन्।

“राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद” भन्ने मुख्य मान्यताका साथ जापानमा रहेका गलकोटे साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि योगदान पुर्याउदै आएको क्लवको निर्वाचित सदस्यहरुमा दिपक क्षेत्री, चन्द्र थापा, होम खत्री, झक बहादुर बस्नेत, पवन क्षेत्री, विजय बस्नेत, पवन शर्मा, किरण गौतम, निरञ्जन मल्ल र अजित क्षेत्री रहेका छन्।

जापानमा रहेका खेलाडी, खेलकुदप्रेमी दर्शक र विभिन्न संघसंस्था बीचमा समन्वय, साझेदारी एवंम् सहकार्यको वातावरण सृजना गरि आफ्नो स्थापनाकालदेखि नै नेपालको राष्ट्रिय खेल भलिबलको आठौं खुल्ला रनिङ कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको क्लबको पाँचौ अधिवेशनको उद्घाटन गर्दै गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले जापानमा रहेका गलकोटेसहित नेपाली खेलाडीहरुलाई एकताबद्ध बनाएर भलिबल सहित अन्य विभिन्न खेलकुदको प्रवर्द्धनमा लाग्नका लागि आग्रह गरिन्।

क्लबले आफ्ना कार्यक्रम र गतिविधिलाई योजनाबद्ध बनाएर गलकोट चिनाउने पहिचानलाई कायम राख्नका लागि आग्रह गर्दै भनिन् गलकोटेहरु एकताबद्ध भएर हरेक कार्य गरेमा आफूसहित आफ्नो जन्मभूमिलाई चिनाउन थप सहज हुनेछ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानका अध्यक्ष तथा क्लबका सल्लाहकार नविन निउरेले स्थापनाकालको स्मरण गर्दै जुन उद्देश्य र योजनाले क्लवको स्थापना गरिएको त्यसको परिपूर्तिका सङ्गठित रूपमा लाग्नु पर्ने बताए।

कार्यक्रममा बोल्ने वक्ताहरुले गलकोट स्पोर्टस् क्लबले जापानमा भलिबल खेलका क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गरेकोले त्यसको निरन्तरता दिँदै अन्य खेलकुद र सामाजिक सेवाका क्षेत्रमा पनि अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

यसरी बोल्नेहरुमा क्लबका संरक्षक लक्ष्मण कार्की, सल्लाहकार विजय भण्डारी, एनआरएनए जापानका प्रवक्ता खगराज गौतम, गलकोट समाज जापानका उपाध्यक्ष डिलाराम गैरे, नुवाकोट समाज जापानका अध्यक्ष जीवन गैरे एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ लगायत रहेका थिए।

कार्यक्रममा क्लवको २०२१(२३ कार्यकालको प्रगति प्रतिवेदन महासचिव दिनेश थापाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमेश कुमार खत्रीले प्रस्तुत गरेका थिए।

औपचारिक कार्यक्रमको अध्यक्षता गरेका क्लबका अध्यक्ष डिलाराम निउरेले जापानमा भलिबललार्इ प्राथामिकतामा राखी आठौ खुल्ला पुरुष भलिबल प्रतियोगितासम्म रनिङ कप प्रतियोगितालाई निरन्तरता दिने पहिलो संस्थाको रुपमा क्लब परिचित रहेको बताउँदै नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेललाई जापानमा लोकप्रियता बनाउन क्लबले शसक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन महासचिव दिनेश थापाले गरेका थिए भने स्वागत मन्तब्य सहकोषाध्यक्ष इश्वर बस्नेतले राखेका थिए।

घोषणा सभामा बोल्दै नव निर्वाचित अध्यक्ष दुर्गा बहादुर खत्रीले खेलकुद साथै भलिबल क्षेत्रको विकासको लागि खेलकुद पुर्वाधारको विकास हुन आवश्यक रहेकोले त्यसका निम्ति दबाब सृजना गर्न पनि क्लबले भूमिका निर्वाह गर्दै उद्देश्य अनुरुपका क्रियाकलपहरूमा सञ्चालन गर्न क्लब थप सशक्त रुपमा लाग्ने बताए ।निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीको अध्यक्षतामा सम्पन्न घोषणा सभाको कार्यक्रम सञ्चालन महेन्द्र साहनीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्