४ जेष्ठ २०८१, शुक्रबार

 

दुर्गा प्रसाईं समर्थक पक्राउ

काठमाडौं । काठमाडौंको गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसाईं नेतृत्वको समूहका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राजतन्त्र र हिन्दु राज्यसहितको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै मंगलबार गौशाला क्षेत्रमा प्रदर्शन गर्न पुगेका समर्थकलाई प्रहरीले हस्तक्षेप गरेपछि झडप समेत भएको हो ।

सो क्रममा प्रहरीमाथि आक्रमण गर्ने धर्मगुरु श्रीनिवास आचार्य, प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको थियो।प्रदर्शनका लागि गौशाला जान लागेका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको बताइएको छ। मंगलबार गौशाला क्षेत्रमा प्रदर्शन रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्