३ जेष्ठ २०८१, बिहीबार

 

खिमानन्द कँडेलको संयोजकत्वमा अखिल क्रान्तिकारी बागलुङको जिल्ला सम्मेलन आयोजक समिति गठन

बागलुङ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला समिति बागलुङको बैठकले खिमानन्द कँडेल (विकास) को संयोजकत्वमा अखिल क्रान्तिकारी बागलुङको जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।

बिहीबार बागलुङ बजारमा सम्पन्न बैठकले कँडेलको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरको अखिल क्रान्तिकारी केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका उपाध्यक्ष जीवन शर्माले नयाँ विश्वलाई जानकारी दिनु भयो । बैठकले श्याम विकलाई सहसंयोजक तोकेको छ ।

जिल्ला सम्मेलन आगामी चैत्रको १३ गते बागलुङ बजारमा हुने भएको छ । बैठकमा अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय सदस्य तथा नेकपा माओवादी जिल्ला समन्वय समितिका सदस्य गगन बहादुर पुन मगर र अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशको उपाध्यक्ष जीवन शर्मा प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्