बागलुङ । बागलुङको बरेङ गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नं २ हुग्दिशिर स्थित भृकुटी माध्यामिक विद्यालयको प्राङगणमा गाउँपालिकाको माध्यामिक तह र आधारभूत तह गरि १० वटा विद्यालयका विद्यार्थीहरुको सहभागितामा प्रभातफेरी गर्दै सञ्चालन भएको कार्यक्रमको बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले ब्यानर पढी तथा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
उट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले स्वास्थको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ गाउँपालिका भित्र रहेका विद्यार्थीहरुको प्रतिभाको हार जितभन्दा पनि राष्ट्रको लागि खेलाडीको पहिचान बनाउदै राष्ट्रिय स्तरको खेलाडी उत्पादनका लागि वार्षिक रुपमा यो खेलकुदको आयोजना गरि रहेको बताएका छन् ।
पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा भलिबल प्रतियोगिता, ४ जनाको समूहमा ४ सय मिटर रिले दौड प्रतियोगिता, ४ जनाको समूहमा १ सय मिटर रिले दौड प्रतियोगिता, एकल तर्फ १ सय मिटर दौड प्रतियोगिता, २ सय मिटर दौड प्रतियोगिता, ४ सय मिटर दौड प्रतियोगिता, ८ सय मिटर दौड प्रतियोगिता,१५ सय मिटर दौड प्रतियोगिताका खेलहरु समावेश गरिएको थियो ।
त्यस्तै छात्राहरुकै बीच हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट खेलको पनि प्रतिस्प्रर्धा गराइएको थियो ।
यसैगरि छात्रहरु तर्फ पनि भलिबल प्रतियोगिता, ४ जनाको समूहमा ४ सय मिटर रिले दौड प्रतियोगिता, ४ जनाको समूहमा १ सय मिटर रिले दौड प्रतियोगिता, एकल तर्फ १ सय मिटर दौड प्रतियोगिता, २ सय मिटर दौड प्रतियोगिता, ४ सय मिटर दौड प्रतियोगिता, ८ सय मिटर दौड प्रतियोगिता,१५ सय मिटर दौड प्रतियोगिताका खेलहरुमा प्रतिस्प्रर्धा गराईएको थियो ।
त्यस्तै छात्रहरुकै बीच हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट खेलको पनि प्रतिस्प्रर्धा गराईएको छ ।
गाउँपालिकाका १० वटा विद्यालयका प्रतियोगी विद्यार्थीहरुको सहभागिता रहेको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तीन तहका पुरस्कारहरु स्वर्ण, रजत र कास्य पदक विजेताको आधारमा यस वर्ष २०८० को गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरर्गत विद्यार्थी तथा विद्यालयहरुलाई प्रथम, द्वितिय र तृतिय छनौट गरिएको छ ।
प्रतियोगितामा महेन्द्र माध्यामिक विद्यालय सुखौराबाट सहभागी प्रतियोगीहरुले ९ स्वर्ण, ६ रजत र ४ काश्य पदक गरी १९ पदक प्राप्त गर्न सफल भई प्रथम स्थान हासिल गरेको छ ।
यस्तै भृकुटी माध्यामिक विद्यालय हुग्दिशिर काफलबोट सहभागी प्रतियोगीहरुले ८ स्वर्ण, २ रजत र ३ काश्य पदक गरी १३ पदक प्राप्त गर्न सफल भई द्वितिय स्थान र पुरुषोदय माध्यामिक विद्यालय हुग्दिशिर बराहकोटबाट सहभागी प्रतियोगीहरुले ४ स्वर्ण, ४ रजत र ४ काश्य पदक गरी १२ पदक प्राप्त गर्न सफल भई तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
साथै यस वर्षको ३ वर्षे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी महेन्द्र माध्यामिक विद्यालय सुखौराले हात पार्न सफल भएको छ ।
यसै गरी सहभागी विद्यालयहरु धुल्लुलिउँवा माध्यामिक विद्यालयले २ रजत, ५ कास्य गरी ७ पदक, सर्वोदय माध्यामिक विद्यालय बरेङले, २ स्वर्ण, २ रजत र ४ कास्य गरी ८ पदक, सारदा माध्यामिक विद्यालय बाटाकाचौरले २ स्वर्ण, ४ रजत, ४ कास्य गरी १० पदक, बालविकास आधारभुत विद्यालयले १ रजत, सल्यान सुखौरा माध्यामिक विद्यालयले १ स्वर्ण, ३ रजत र १ कास्य गरी ५ पदक, बाल ज्योति बोर्डिङ बरेङले १ रजत, १ कास्य गरी २ पदक प्राप्त गरेका छन् भने प्रतियोगितामा सहभागी ज्ञानोदय आधारभुत विद्यालय बाटाकाचौर सून्य उपाधीमा रहेको छ ।
यस गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडी विद्यार्थीहरु पालिका स्तरबाट छनौट भई जिल्ला, प्रदेश र संघसम्म प्रतियोगितामा छनौटका आधारमा समावेश भै राष्ट्रिय स्तरको खेलाडी बन्ने अवसर पाउने भएकाले गाउँपालिका अध्यक्ष शर्माले छनौट हुने खेलाडी विद्यार्थीहरुलाई मेहनत र अनुशासित रहेर खेलमा समावेश भै प्रतिस्प्रर्धा गर्न पनि आग्रह गरेका छन् ।
कार्यक्रम बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, गाउँपालिका प्रवक्ता तुफान पुनको स्वागत र गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख सूर्य प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।बरेङ गाउँपालिकाले कार्यक्रम सम्पन्न गर्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने विभिन्न संघसंस्था, क्लव, आमा समूह लगाएत सम्पूर्णमा धन्यवाद समेत व्यक्त गरेको छ ।
ईपरी न्यूजबाट






























































































































































































