बागलुङ । बागलुङ हस्तकला सघंले संचालन गरेको २० दिने बुट्टेनली सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ । २० जना विद्यार्थीहरुले तालिममा सहभागिता जनाएका थिए ।
तालिम समापनका अवसरमा बोल्दै हस्तकला महासघंका केन्द्रिय अध्यक्ष प्रचण्ड शाक्यले हराउदै गएको बुट्टेनलीको महत्वलाई सबै सामु बुझाउनका लागि तालिमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । ज्ञान र सीपको अभावका कारण कतिपय कला र संस्कृति हराउदै गएको चर्चा गर्दै उहाँले हस्तकला सघंले संचालन गर्ने कार्यक्रममा महासघंले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बागलुङ हस्तकला सघंका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटा, हस्तकला महासघंका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष दिपेन्द्र शाक्य, सघंका सल्लाहकार ईश्वर मलेपति, विद्यामन्दिर मावि व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, विद्यामन्दिर माविका प्रधानाध्यापक छविरमण रेग्मी, प्रशिक्षक बसन्त जंङ्ग राजभण्डारी, पत्रकार कोपिला कँडेल र तालिमका सहभागि तेजन विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा विद्यामन्दिर मावि र कालिगण्डकी बोडिङ्ग स्कुलका विद्यार्थीले सहभागिता जनाएका थिए ।
कार्यक्रम बागलुङ हस्तकला सघंका कार्यवाहक अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षता, सदस्य शकुन्तला श्रेष्ठको स्वागत मन्तव्य र महासचिव सम्झना राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































