२ जेष्ठ २०८१, बुधबार

 

अखिल क्रान्तिकारी पश्चिम बागलुङ जिल्ला समितिको अध्यक्षमा किरण सी

बागलुङ । अखिल क्रान्तिकारी पश्चिम बागलुङको तेस्रो जिल्ला सम्मेलन शुक्रबार बुर्तिबाङ बजारमा सम्पन्न भएको छ ।

कार्यक्रम नेकपा धौलागिरि व्युरो इन्चार्ज विकिरण सी, जिल्ला इन्चार्ज छम सी, अखिल क्रान्तिकारी केन्द्रीय समितिका सचिवालय सदस्य प्रकाश सी, अखिल क्रान्तिकारी धौलागिरि व्युरो इन्चार्ज उपेन्द्र सी, नेकपा जिल्ला समिति पश्चिम बागलुङका सक्रेटरी उत्तम सीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अखिल क्रान्तिकारी पश्चिम बागलुङका जिल्ला सदस्य विक्रम सीको अध्यक्षता, स्वागत किरण सीले र संचालन सुदन सीले गर्नु भएको थियो ।

जिल्ला सम्मेलनले किरण सीको अध्यक्षतामा ४५ सदस्यीय अखिल क्रान्तिकारी पश्चिम बागलुङ जिल्ला समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्