२ जेष्ठ २०८१, बुधबार

 

एसईई चैत पहिलो हप्ता, सबै विषयमा ३५ नल्याए फेल

काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)  चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने र माघको पहिलो हप्ता रुटिन निस्कने बताउनु भयो ।

साथै एसईई सिष्टममा परिवर्तन भइ ३५ प्रतिशत वा त्योभन्दा माथिको अंक आए मात्र ग्रेड हुने नत्र अन्यथा नन ग्रेड हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताउनु भयो ।

यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदै छ भने केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुदैछ । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकोले परीक्षा हुन्न कि भन्ने आशंकामा नपर्न र विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने भएको छ ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकाले एसईई प्रभावित नहुने भएको छ ।अहिलेसम्म एसईईका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्