४ जेष्ठ २०८१, शुक्रबार

 

विश्व हिन्दु महासंघ बागलुङले मनायो पृथ्वी जयन्ती

बागलुङ । विश्व हिन्दु महासंघ जिल्ला समिति बागलुङले ३०२ औं पृथ्वी जयन्ती शुक्रबार बागलुङ बजारमा मनाएको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठ, वुद्धिजिवि गोविन्द कँडेल, हरि गौतम, महिला हित बचत तथा ऋण सहकारीका अध्यक्ष लिला देवी खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विश्व हिन्दु महासंघ जिल्ला समिति बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेको अध्यक्षता र सचिव हरि प्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्