२० बैशाख २०८१, बिहीबार

 

बडिगाड गाउँपालिकाले चुम्यो छात्रा भलिबलको उपाधि

बागलुङ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बडिगाड गाउँपालिकाले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा बागलुङ नगरपालिकालाई सोझो सेटमा पराजित गरेर बडिगाड महिला भलिबलतर्फ विजयी भएको हो ।

बडिगाडले बागलुङ नगरपालिकालाई २५–१६ र २५–१५ को सेटमा पराजित गरेको हो । फागुन दोश्रो साता हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा बागलुङबाट उनीहरुले खेल्ने खेलकुाद बिकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्