२० बैशाख २०८१, बिहीबार

 

छात्र भलिबलको उपाधि बरेङ गाउँपालिकालाई

बागलुङ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्र भलिबलको उपाधि बरेङ गाउँपालिका चुमेको छ ।

आइतबार दिउँसो भएको खेलमा बरेङले निसीखोला गाउँपालिकालाई २५–१७ र २५–१९ को सोझो सेटमा पराजित गरेको हो ।

बरेङले भलिबल तर्फको स्वर्ण पदक, ट्रफी र प्रमाणपत्र पायो । फाइनल यात्राका लागि निसीले काठेखोला गाउँपालिकालाई २५–१७, २५–२५ र २६–२४ को सेटमा पराजित गरेको थियो ।

त्यस्तै, बरेङले ताराखोलालाई सोझो दुइ सेटमा पराजित गरेको थियो । बरेङले २५–१६ र २५–२० को सेटमा जित निकालेर फाइनल यात्रा तय गरेको थियो । फागुन दोश्रो साता नवलपुरमा हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा बागलुङबाट उनीहरुले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्