२९ बैशाख २०८१, शनिबार

 

एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी

म्याग्दी । नेकपा एमाले, म्याग्दीको १० औं जिल्ला अधिवेशनले अध्यक्ष बालकृष्ण सुवेदीसहित पदाधिकारी सर्वसम्मत चयन गरेको छ । सम्मेलनले बालकृष्ण सुवेदीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।

उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, उप–सचिवमा सत प्रसाद रोका र खड्ग गिरी सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

उपाध्यक्षका सुरत केसीले, सचिवमा प्रेम बहादुर कार्कीले र उपसचिवमा नारायण जिसी, राम प्रसाद सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि सहमतिमा पदाधिकारी टुङ्गीएको हो ।

भूगोल ३१, दलित ७, मजदुर २, मुस्लिम १, जनजाति १३, खुला ३०, अन्यतर्फ १ जना सदस्य चयन भएका छन्। वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि सहभागि अधिवेशन शुक्रबारदेखि सुरु भएको थियो। गण्डकी प्रदेशका ११ मध्य म्याग्दीमा पहिलो पटक एमालेको जिल्ला अधिवेशन भएको हो।

 

प्रतिक्रिया दिनुहोस्