१६ बैशाख २०८१, आईतवार

 

बागलुङमा मनाइयो २९ औँ जनयुद्ध दिवस

बागलुङ । नेकपा माओवादी केन्द्र नगर समितिको आयोजनामा मंगलबार २९ औँ जनयुद्ध दिवस बागलुङ बजारमा मनाइएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेशका प्रमुख सचेतक कुसुम बुढा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य चन्द्रबहादुर थापा शिखर, गण्डकी प्रदेश सदस्य टिका विश्वकर्मा, बानपा ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, अधिवक्ता केशवराज पराजुली, प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङका उपाध्यक्ष सज्जन कुुमार सिंह, मजदुर नेता दुर्गा बहादुर श्रीसले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा माओवादी केन्द्र नगर समिति अध्यक्ष रतन प्रसाद मलेपतिको अध्यक्षता, उपाध्यक्ष महेन्द्र विश्वकर्माको स्वागत र सचिव तथा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काको संचालनमा सम्पन्न भएको थियो ।

जनयुद्ध दिवसको उपलक्ष्यमा नेकपा माओवादी केन्द्रका नेता कार्यकताहरुले बागलुङ बजारको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन पनि गरेको नेकपा माओवादी केन्द्र नगर समितिका सहसचिव जिवन शर्माले बताउनु भयो ।

यसै गरी धौलागिरि वीरेन्द्र माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारी मूल इकाइ समितिको आयोजनामा जनयुद्धले ल्याएको परिर्वतन विषयक प्रतियोगितात्मक वक्तृत्व कला आयोजना गरिएको थियो । त्यसमा १९ जना विद्यार्थीले सहभागिता जनाएको इकाईका अध्यक्ष विशेष सागर राजभण्डारीले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्