१६ बैशाख २०८१, आईतवार

 

चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिता फागुन १० देखि

बागलुङ । तेस्रो चिल्ड्रेन लाइफ कप अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ ।

चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा फागुन १० गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुरुवाती उद्गमस्थल विद्यालय भएकाले विद्यालय केन्द्रित प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो ।

उहाँले २०७५ सालमा प्रथम र २०७६ सालमा दोस्रो चिल्ड्रेन लाइफ कप प्रतियोगिता सम्पन्न गरिएपनि केहि वर्ष कोभिड र क्लबको आन्तरिक कारणले प्रतियोगिता संचालन गर्न नसकिए बताउँदै यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले जिल्लाको खेलकुदको विकास गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनु प्रतियोगिताको उद्देश्य रहेको बताउँदै बताउनुभयो ।

प्रतियोगिताले नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तरनिहित खेल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँले विद्यालयहरु बिचको सम्बन्ध, सहकार्य र भाइचारालाई विकास र विस्तार गर्नको लागि विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ४४ हजार ४ सय ४४ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक जिवन रोका क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यान अफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ ।

संयोजक रोकाले प्रतियोगिता संचालनको लागि ४ लाख २४ हजार १सय ६६ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउँदै प्रतियोगिता संचालनको लागि क्लबका शुभचिन्तकहरुले सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रतियोगितामा १२ देखि १५ टिमको सहभागिता रहने अनुमान गरिएको बताउँदै कक्षा १२ सम्म नियमित अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने बताउनुभयो ।

नकआउट चरणमा खेलाइने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्