१५ बैशाख २०८१, शनिबार

 

चिल्ड्रेन लाइफ कप उपाधिको लागि चिल्ड्रेन लाइफ र विद्यामन्दिर भिड्ने

बागलुङ । तेस्रो ‘चिल्ड्रेन लाइफ कप’ फुटबलमा आयोजक चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो) र विद्यामन्दिर मावि फाइनल प्रवेश गरेका छन् । चिल्ड्रेन लाइफ स्पोर्ट्स् क्लबले माध्यामिक विद्यालयस्तरीय फुटबल खेल आयोजना गरेको हो । खेलमा १० टिम सहभागी थिए ।

शनिबार बागलुङको बाङगेचउर खेल मैदानमा भएको सेमिफाइनल खेलमा चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलले फ्युचर ब्राइटर आवासीय माविलाई शुन्यका बिरुद्ध २ गोलले पराजित गरेर फाइनल यात्रा तय गरेको हो ।

चिल्ड्रेनका थोमस थापाले २ मिनेट, बिविध थापाले दोश्रो हाफको ९ मिनेटमा गोल गरेर जित हात पारे । त्यस अघिको सेमिफाइनल खेलमा विद्यामन्दिरले ट्राइबेकरमा न्यु ओएसिस आवासीय माविलाई ५–४ गोल अन्तरले पराजित गर्‍यो ।

चिल्ड्रेन लाइफ निलोले गणेश माविलाई ३ शुन्य गोल अन्तरले पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको थियो भने विद्यामन्दिर माविले अमर आदर्श आवासीय माविलाई पराजित गरेर फाइन प्रवेश गरेको थियो

।फाइनल खेल आइतबार हुने आयोजक क्लबका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए । खेलमा प्रथम हुनेले ४४ हजार ४ सय ४४ र दोश्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछन् ।

तस्बिर:अर्जुन कार्की

 

प्रतिक्रिया दिनुहोस्