१७ बैशाख २०८१, सोमबार

 

अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सोनी श्रेष्ठद्वारा ५५ हजार सहयोग

गलकोट । सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको छ ।

बागलुङ नगरपालिका ६ पञ्चकोटमा गत फागुन ५ गते्देखि सञ्चालन भईरहेको महायज्ञलाई बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष श्रेष्ठले नगद ५५ हजार र ५ हजार ५ सय ५५ रुपैयाँको धान पनि सहयोग गर्नु भएको छ ।

यसै गरी बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले महायज्ञलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको महिला समूहकी उपाध्यक्ष मन्दिरा श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्