३ जेष्ठ २०८१, बिहीबार

 

जसपा तत्काल सरकारमा नजाने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कुरा नमिलेका कारण तत्काल सरकारमा नजाने भएको हो ।

मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण जसपा सरकारमा नजाने भएको हो । बालुवाटारबाट फर्केपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

सोमबार भएको चार दलबीचको सहमतिमा जसपा अध्यक्ष यादवले हस्ताक्षर गरेको थियो । जसपाले आज भएको मन्त्रिपरिषद् विस्तारमा मन्त्री चयन गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्