१६ बैशाख २०८१, आईतवार

 

बागलुङ समाज बेल्जियमद्वारा जिल्लाका जनप्रतिनिधिहरुलाई स्वागत

बागलुङ समाज बेल्जियमले जिल्लाका जनप्रतिनिधिहरुलाई बेल्जियममा स्वागत तथा सम्मान गरेकोछ । समाजले बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले र ढोरपाटन नगरपालिका कार्यवहाक नगर प्रमुख धन बहादुर कायत ९कल्याण, बागलुङ उद्योग वाणिज्य संघ बागलुङका महासचिव ऋषिराम गौतम र सिवाईसी लघुबित्त नेपालका बोर्ड अफ डाइरेक्टर सुमन जिसीलाई सम्मान तथा स्वागत हो ।

नेदरल्यान्डमा भएको सिवाइसीको ग्लोबल कन्फरेन्समा सहभागि हुन युरोप भ्रमणमा गएको मौकामा उहाहरुलाई सम्मान गरिएको समाजका अध्यक्ष महेन्द्र पन्तले जानकारी गराउनु भएकोछ । जिल्लावासी र बेल्जियमका संघ संस्थाका पदाधिकारीहरुसँग भएको परिचयात्मक अन्र्तक्रियामा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले युरोप सिकेको ज्ञान र सीप देश आफ्नो देश पनि लगानी गर्न बागलुङ वासीलाई अनुरोध गर्नु भयो ।

बेल्जियमवासीले युरोपमा भएको विकास र यहाँको सामाजिक संरचना ,सेवा सुबिधाका बारेमा देखे भोगेको अनुभब आफ्ना गाउँ र नगरमा लागु गर्न सुझाब दिनुभएको थियो । बागलुङ समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्तको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका पूर्वमहासचिव परमानन्द सापकोटाले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्