१६ बैशाख २०८१, आईतवार

 

नेकपा एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको उद्घाटन केपी ओलीले गर्ने

काठमाडौं । नेकपा एमाले बागलुङ जिल्ला कमिटीको १० औँ जिल्ला अधिवेशन चैत्रको २९ र ३० गते बागलुङ बजारमा हुने भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसीको नेतृत्वमा गएको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अथितिको निमन्त्रणा दिएको हो ।

नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले बागलुङले तयारी तीव्र पारेको छ । गत माघ ७ गते सम्पन्न एमाले जिल्ला कमिटि बागलुङको नवौं पूर्ण बैठकले अधिवेशन गर्ने निर्णय गरेको थियो ।

अधिवेशनको तयारीको लागि बैठकले नेताहरुलाई जिम्मेवारी समेत प्रदान गर्नुका साथै विभिन्न उपसमितिहरु पनि निर्माण गरेको थियो ।

जिल्ला अधिवेशन पार्टी अध्यक्ष केपी ओलीको आतिथ्यतामा उत्सवको रुपमा मनाउन दशै वटा पालिकाको सबै तहको नेता र कार्यकर्तालाई सक्रिय बनाइएको नेकपा एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष हिराबहादुर केसीले नयाँ विश्वलाई बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्