१६ बैशाख २०८१, आईतवार

 

काठेखोला गाउँपालिका अध्यक्ष कप चैत २८ गतेदेखि हुने

काठमाडौं । बागलुङको काठेखोला गाउँपालिकाले गाउँपालिका भित्रको खेलकुद, कला साहित्य प्रतिभा पहिचान र विकास गर्न गाउँपालिका अध्यक्ष कप गर्ने भएको छ। गाउँपालिकाले दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप, खेलकुद, साहित्य एवं सांगितिक प्रतियोगिता हुने भएको हो ।

काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा चैत्र २८ गतेदेखि बैशाख १ गतेसम्म वडा नम्बर २ भिमापोखरा अक्षेते बजारमा प्रतियोगिता संचालन हुने सोमबार बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।

गाउँपालिका क्षेत्रभित्र रहेका कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले कपको आयोजना गरिएको काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम विकले जानकारी दिनुभयो ।

उहाँले कार्यक्रमको माध्यमबाट गाउँपालिकाभित्र रहेका खेल, कला, साहित्यको प्रतिभा बाहिर आउने, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार एवं प्रबद्र्धन गर्ने, खेलकुद, कला, साहित्य र संगितको माध्यमबाट सभ्य संस्कृतियुक्त शिक्षित, सक्षम, समुन्नत र विकसित पालिका बनाउनका लागि दोस्रो अध्यक्ष कपको आयोजना गरिएको बताउनुभयो । “युवालाई खेलकुद क्षेत्रमा आकर्षित गरि काठेखोलाको खेल क्षेत्रलाई थप व्यवस्थि तगर्ने र लोपोन्मुख स्थानीय कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्य सहित अध्यक्ष कप आयोजना गरिएको हो” विकले भन्नुभयो “भौतिक विकास मात्रै काठेखोलाको विकास हैन, खेल तथा कला साहित्यको विकासमा समेत हाम्रो ध्यान पुगेको छ ।”

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रतियोगितामा गाउँपालिकाको प्रचलित एवम् पौराणिक कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन एवम् प्रदर्शन गर्ने जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको माध्यमबाट गाउँपालिकामा रहेका संगीत संग्राहलय र जनजाति संग्राहलयको थप प्रचारप्रसार गरिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष राजु थापाद्वारा कपको लोगो सार्वजनिक गर्नुभएको थियो । दोस्रो अध्यक्ष कप प्रतियोगितामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, दोस्रो काठेखोला लोकतारा–२०८० ९गायन प्रतियोगिता०, दोस्रो काठेखोला गजल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, खुल्ला ताराखेल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, काठेखोला प्रतिभा सम्मान–२०८०, सोरठी, पञ्चेवाजा, भजन लगायतका स्थानीय झाँकी प्रदर्शनी र यानीमाया, झाम्रे, सालैजो लगायतका गीतहरुको प्रस्तुति हुने संयोजक विकले जानकारी दिनुभयो ।

वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका भित्रका प्रत्यके वडाबाट एक वटा टिमले सहभागिता जनाउन सक्नेछन् । भलिबल प्रतियोगिताको प्रथमले रु।१ लाख, द्धितियले ६० हजार र तृतीयले ३० हजार प्राप्त गर्नेछन् ।

दोस्रो काठेखोला लोक तारा–२०८० ९गायन प्रतियोगिता० तीन चरणमा संचालन गरिने संयोजक विकले बताउनुभयो । उहाँले पहिलो चरण र दोस्रो चरण भिमसेन माविको सभाहलमा संचालन हुने र अन्तिम चरणको कार्यक्रममा ७ जना प्रतियोगितहरु वीच कार्यक्रमस्थल अक्षेते बजारमा संचालन गरिने बताउनुभयो । लोकतारा विजेताले ३० हजार, फष्ट रनरअफले २० हजार, सेकेन्ड रनरअपले १० हजार पाउने आयोजकले जनाएको छ ।

गजल प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धितीयले १० हजार र तृतीयले ५ हजार प्राप्त गर्नेछन् भने सामुहिक नृत्य प्रतियोगिताको प्रथमले २० हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै खुल्ला ताराखेल प्रतियोगिताको विजेताले ५० हजार र द्धितियले ३० हजार प्राप्त गर्ने छन् ।

यस्तै व्याडमिन्टन प्रतियोगिताको विजेताले १० हजार र द्धितीयले ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि गाउँपालिकाले २० लाख विनियोजित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताउनुभयो । उहाँले काठेखोला गाउँपालिकाको १३ औँ गाउँसभाबाट ५ लाख र १४ औँ गाउँसभाबाट १५ लाख गरी रु। २० लाख विनियोजित गरिएको बताउनुभयो ।

कार्यक्रम संचालनको लागि गाउँपालिकाका प्रवक्ता तथा कला संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम विकको संयोजकत्वमा ५ सदस्य सचिवालय गठन गरिएको छ । सचिवालयको सदस्यमा कृष्ण प्रसाद कँडेल, डिल बहादुर कार्की, बाबुराम भण्डारी र मनोज कार्की रहनुभएको छ ।

गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा ‘तिलक’ले अध्यक्ष कप प्रतियोगिताले पालिकाले धेरै क्षेत्रलाई समेट्ने प्रयत्न गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले कार्यक्रमले काठेखोलामा खेलकुदसँगै साहित्य, संस्कृतिको उत्थान र प्रबर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमको सञ्चालन सूचना अधिकारी मनोज कार्कीले गरेका थिए ।

आदर्शसंचारबाट

तस्बिर:आदर्शसंचार र ईपरिन्युजबाट

प्रतिक्रिया दिनुहोस्