१५ बैशाख २०८१, शनिबार

 

निसीखोलाकी बलात्कृत बालिकाबाट जन्मिएको शिशुको पोखरामा उपचार हुँदै 

सांकेतिक तस्बिर

बागलुङ । जबरजस्ती करणबाट गर्भवती बनेकी बागलुङ निसीखोला गाउँपालिका-३, झिवाखोलाकी १४ वर्षीया नाबालिकाबाट जन्मिएको शिशुलाई धौलागिरि अस्पतालबाट पोखरा रिफर गरिएको छ ।

अवधि कम हुँदै जन्मिएको बच्चालाई एनआइसीयूमा राख्नुपर्ने भएकाले अस्पतालले पोखरा रिफर गरेको हो।

बच्चाको कम तौल र अवधि नपुग्दै जन्मिएकाले एनआइसीयूमा राख्नेपर्ने भएपछि गण्डकी अस्पताल पोखरा रिफर गरिएको धौलागिरि अस्पतालका मेडिकल रेकर्डर अधिकृत नवराज पौडेलले बताउनु भयो।

अवधि कम हुँदै जन्मिएको बच्चाको तौल २ किलो १ सय ५० ग्राम रहेकोले एनआइसीयूमा राख्नुपर्ने भएकाले अस्पतालले पोखरा रिफर गरेका जनाएको छ । पोखरामा उपचारत आमा र शिशुको अववस्था सामान्य रहेको छ ।

धौलागिरि अस्पतालमा बच्चालाई राख्ने एनआइसीयू नभएपछि पोखराको गण्डकी अस्पतालमा रिफर गरिएको हो । बच्चा र आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दुवै जनालाई स्टाफ नर्ससहित पोखरा पठाइएको थियो । उनले गत शनिबार बिहान ३ बजे नर्मल डेलिभरीमार्फत बालिकाले शिशुलाई जन्म दिएकी थिइन् ।

१४ वर्षिया नाबालिकाले गत शुक्रबार निसीखोला गाउँपालिका-१ का विजय मल्लले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन बागलुङ सदरमुकाम आएको बेला बालिकालाई सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रहरी कार्यालयमा जाहेरी दर्ता भएसँगै १४ वर्षीया बालिकालाई करणी गरेको आरोप लागेका मल्ल फरार भएका छन् । फरार युवकको खोजी र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी दीपकबाबु केसीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्