२३ बैशाख २०८१, आईतवार

 

निलुवा समाज पोर्चुगलको वार्षिक भेला सम्पन्न

गलकोट नगरपालिका वडा नम्वर ४ घर भई रोजगारीको शिलशिलामा पोर्चुगलमा रहेका युवाहरुले स्थापना गरेको निलुवा समाज पोर्चुगलको एक वर्ष भएको अवसरमा वार्षिक भेला, भेटघाट, चियापान तथा संस्थाको टिसर्ट वितरण कार्यक्रम पोर्चुगलको लागोसमा सम्पन्न भएको छ ।

कार्यक्रममा निलुवा समाज पोर्चुगलका कोषाध्यक्ष विकास सुवेदीले वार्षिक आम्दानी खर्च सार्वजनिक गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा निलुवा समाज पोर्चुगलका अध्यक्ष डिलाराम सुवेदीले आगामी दिनमा समाज प्रति होस् या अन्य समस्यामा परेका व्यक्तिलाई संस्थाले सधै साथ सहयोग गर्ने बताउनुभएको थियो ।

कार्यक्रम निलुवा समाज पोर्चुगलका अध्यक्ष डिलाराम सुवेदीको अध्यक्षता, सह सचिव केदार सुवेदीको स्वागत र सचिव जयलाल सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्