१५ बैशाख २०८१, शनिबार

 

सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्षको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएको छ ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी हुन् ।चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् ।

१४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्