१५ बैशाख २०८१, शनिबार

 

प्रेस सेन्टर बागलुङद्वारा पत्रकार विक्रम परियारको परिवारलाई आर्थिक सहयोग

बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले पत्रकार विक्रम परियारको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

बस दुर्घटनामा परी ज्यान गुमाएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ का पत्रकार परियारको परिवारलाई प्रेस स्न्टर बागलुङ जिल्ला शाखाका अध्यक्ष थम्मन थापा नेतृत्वको टोलि बिहीबार घरमै पुगी ३० हजार नगद रकम सहयोग गरेको हो ।

प्रेस सेन्टर नेपाल बाग्लुङका अध्यक्ष थमन थापाको नेतृत्वमा पार्टी तथा जनवर्गीय संगठनहरुको सकृय सहयोगमा संकलन गरिएको रकम पत्रकार परियारको घरमै पुगेर नगद ३० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

संगठनका अध्यक्ष थम्मन थापा, जिल्ला सदस्य जगिन्द्र विक (बसन्त) लगायतको टोलिले पत्रकार परियारका आमा रश्मी नेपालीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै प्रेस सेन्टर नेपाल बाग्लुङका अध्यक्ष थम्मन थापाले २ दिनमा आफूहरुले यो सानो सहयोग रकम उठाउन सफल भएको र घरपरिवारलाई थोरै भएपनि मलमपट्टी होस भनेर आफूहरुले सहयोग गरेको बताउदै पत्रकार परियार प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य तथा अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वका फ्याक्सन इन्चार्ज जिवन केसी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सदस्य बसन्त बाँठा मगर, प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सर्जना कार्की‚ सचिव उर्मिला गौतम तथा रेडियो पूर्वी रुकुमका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमको सहजिकरण प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सर्जना कार्कीले गर्नु भएको थियो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य तथा अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वका फ्याक्सन इन्चार्ज जिवन केसीले दुखको यो समयमा सहयोगी हात बढाएर यहासम्म पुगेको भन्दै प्रेस सेन्टर नेपाल बागलुङ शाखालाई धन्यवाद दिनुभएको छ ।

परियारको दुस्खद निधनले घर परिवारसँगै सिङ्गो पार्टी कमिटी र जिल्लावासीलाई मर्माहत बनाएको बताउदै आगामी दिनहरूमा पनि आर्थिक तथा भौतिक सहयोग गर्न नेकपा माओवादी केन्द्र तथा पार्टीको सबै जनवर्गीय संगठन निरन्तर लाग्ने उहाँले बताउनुभएको छ ।

रुकुम पूर्वका २३ वर्षीय पत्रकार परियार सहित नौ जनाको यही चैत्र ५ गते रुकुम पश्चिमबाट काठमाडौँ लागि छुटेको बागमती प्रदेश ०१००६ ख ३८७९ नम्बरको बस बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ जाउलेपानीमा दुर्घटना हुँदा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्