१७ बैशाख २०८१, सोमबार

 

धवलागिरि बचत तथा ऋण सहकारीको २४ औँ साधारण सभा सम्पन्न

काठमाडौं । धवलागिरि बचत तथा ऋण सहकारीले २४ औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष युक्तप्रसाद शाक्यद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९ र ८० को वार्षिक प्रतिवेदन अनुसार सहकारीले कारोबारबाट ८९ लाख रुपैयाँ नाफा कमाएको छ ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्री, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ, सदाबहार बचत तथा ऋण सहकारीका अध्यक्ष किस्मत मणि श्रेष्ठ र धौलाश्री बहुउदेश्यीय सहकारीका अध्यक्ष याम श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सभामा ७५ वर्ष नाघेका १६ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रम धवलागिरि वचत तथा ऋण सहकारी युक्त प्रसाद शाक्यको अध्यक्षता, शिक्षा उपसमितिकी संयोजक विजया लक्ष्मी राजभण्डारीको स्वागत र संचालन सचिव शरद प्रधानले गर्नु भएको थियो ।

२०५६ माघ ३ गते २८ जना संस्थापन सेयर सदस्यहरुको सहभागितामा धवलागिरि बचत तथा ऋण सहकारी दर्ता भएको थियो ।काठमाडौं महानगरपालिका ११, सुन्धारा, दहमार्गमा कार्यालय रहेको सहकारीको संस्थापक अध्यक्ष शत्रुध्न श्रेष्ठले प्रारम्भिक समयमा नेतृत्व गर्नु भएको थियो ।

बागलुङ जन्मघर भइ काठमाडौंमा बसोबास गर्दै आएका बागलुङबासी मिलेर स्थापना गरेको सहकारी मूलतः बागलुङवासीहरुकै लगानीमा सञ्चालित छ । संस्थामा हाल ६ सय ८० जना सेयर सदस्य रहेका छन् भने ३ करोड १० लाख ८५ हजार रुपैयाँ शेयर पुँजी पुगेको छ भने ७ जना जनशक्ति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्