१७ बैशाख २०८१, सोमबार

 

धवलागिरि क्याम्पसमा सिवाईसीद्वारा वित्तीय साक्षरता तथा थ्रि जिरो क्लव गठन

बागलुङ । शुन्य गरिवी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्सर्जनको लक्ष्य प्राप्ती गर्न युवा पुस्तालाई नेतृत्वदायी भूमिका प्रदान गर्ने उद्देश्यले बागलुङ बजार स्थित धवलागिरि बहुमुखी क्याम्पसमा एक कार्यक्रमका बिच वित्तीय साक्षरता तथा ४ वटा थ्रि जिरो क्लव गठन कार्यक्रम सोमबार सम्पन्न गरिएको छ ।

“सहकारीमा सुशासनः प्रविधि र एकिकरण” भन्ने मुल नाराका साथ सञ्चालन भईरहेको ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरका क्रममा यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा समृद्धिको यात्र, धनी हुने तरिका सम्वन्धमा वित्तीय साक्षरता भनेको के हो रु पारिवारीक बजेट, वित्तीय लक्ष्य निर्धारण, बचत, कर्जा, विप्रेषण धनी र गरिव विचको सोच र सिवाईसी अरु भन्दा किन फरक छ रु लगाएतका विषयमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल तथा थ्री जिरो क्लवको परिचय, महत्व, यसको अवधारण, अवसरहरु र यसका राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्जालको विषयमा चारतारे युवा क्लव सिवाईसी नेपालका कार्यसमिति सदस्य गोपाल कुमार शर्माले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा गठित थ्री जिरो क्लवमा एक क्लवमा १२ देखि ३५ वर्ष उमेर समुहका ५ जनासम्म रहनसक्ने व्यवस्था अनुसार धवलागिरि बहुमुखी क्याम्पसमा सुदिप घर्ति मगर, विपिन थापा, ज्योति भण्डारी र मिसा शर्माको संयोजकत्वमा ४ वटा छुट्टा छुट्टै क्लवहरु गठन गरिएको हो ।

जसको उपसंयोजकमा एलिना गौतम, राशनी नेपाली, सविना खत्री र सुस्मा पौडेल रहेका छन भने सदस्यहरुमा अनुप रिजाल, कामना बोहोरा, लिलादेवी घर्ति, प्रकृती पौडेल, सन्ध्या रुचाल, विपिसा वि।क। पुजा सापकोटा, सन्दिप बहादुर थापा, लिला श्रीस, सविना अधिकारी, सोनु रुचाल र शान्ति वि।क। रहेका छन् ।

थ्रि जिरो क्लवको अवधारण नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर डा। मोहम्मद युनुसले ल्याउनु भएको हो । सोही परिकल्पना अनुसार विश्वभरका ५४ वटा देशमा यस्ता प्रकारका क्लवहरु गठन भई परिचालीत रहेका छन् । नेपालमा पनि केही गैरसरकारी, सहकारी र लघुवित्त संस्थाहरुले युनुसको परिकल्पनालाई पछ्याउदै यो कार्य अगाडि बढाईरहेको छन् ।

थ्री जिरो क्लवको विश्वव्यापी सञ्जाल निर्माण गर्ने, थ्री जीरोको महत्व, आवश्यकता एवं लक्ष्यबारे जानकारी गराई त्यसमा युवाहरुको रचनात्मक र नेतृत्वदायी भूमिकाको अवसर सिर्जना गर्ने, विश्वका जल्दाबल्दा समस्याहरुको समाधानमा स्थानीय स्तरबाटै पहलकदमी गर्ने जस्ता कार्यहरु गर्नका लागि स्वतस्फुर्त रुपमा यस्ता क्लवहरु गठन गर्ने गरिएको छ ।

कार्यक्रममा धवलागिरि बुहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले विद्यार्थि जिवनकालबाटै पैसालाई व्यवस्थापन गरी बचत गर्न सकेमा भविष्य उज्वल हुने कुरा बताउनु भएको थियो । कार्यक्रममा स्वतन्त्र विद्यार्थि युनियन धवलागिरि बहुमुखी क्याम्पसका सभापति सुदिप सागर कँडेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमकै अवसरमा धवलागिरि बुहुमुखी क्याम्पसद्वारा सञ्चालीत छात्रवृत्ती व्यवस्थापन कोषका लागि सिवाईसी नेपाल र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. को तर्फबाट रु १ लाख १ हजार १ सय ११ रुपैया समेत हस्तान्तरण गरिएको थियो । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिवाईसी साकोसका सचिव ज्ञानेन्द्रराज पन्तको स्वागत र सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

May be an image of 4 people, people studying and text

May be an image of 5 people and text

May be an image of 5 people, people studying and text

 

प्रतिक्रिया दिनुहोस्