२७ बैशाख २०८१, बिहीबार

 

सुदूरपश्चिका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीद्वारा ह्वीप जारी

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन नेकपा माओवादी केन्द्रले ह्वीप जारी गरेको छ ।

केहीबेर अघि सम्पन्न माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावकको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्