२० बैशाख २०८१, बिहीबार

 

एमाले बागलुङको अध्यक्षका लागि केसी, पौडेल, भुषाल र गौतम मैदानमा

बागलुङ । नेकपा एमालेको आसन्न जिल्ला अधिवेशन नजिकिएँंगै आगामी नेतृत्वका लागि दौडदुप सुरु हुन थालेको छ । नयाँ नेतृत्व चयनको लागि चैत्र २९ र ३० गते बागलुङ सदरमुकाम बागलुङ बजारमा हुन लागेको १० औँ जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा आगामी नेतृत्वका लागि ४ जनाले दावी प्रस्तुत गरेका छन् ।

वर्तमानका अध्यक्ष हिरा बहादुर केसी, पूर्वअध्यक्ष जनक राज पौडेल र सचिव विष्णु प्रसाद भुषाल र पूर्वगण्डकी प्रदेश सदस्य हरिनारायण गौतमले नेतृत्वका लागि दावेदारी प्रस्तुत गर्दै कार्यकर्तासँग भेटघाट बढाएका छन् ।

हालका अध्यक्ष हिराबहादुर केसीले आफूले पूरा कार्यकाल अध्यक्ष चलाउन नपाएको र पार्टीको संगठनमा काम गर्न वाँकी रहेकोले पुन एक कार्यकाल दोहो¥याउन लागेको बताउनु भयो ।

बागलुङको समृद्धि र विकासको लागि एमाललेलाई ५१ प्रतिशत जनमत भएको पार्टी बनाउने लक्ष्यका साथ अगाडि बढेको बताउनु भयो । केसीसँगै हालका सचिव विष्णु भुषालले पनि पार्टीको नेतृत्वको गर्ने दौडमा छन् ।

भुषालले एमालेको संगठनलाई सबै पालिकाका आधारभूत तहसम्म पु¥याउने र पार्टीका २३ वटा जनसंगठनहरुलाई जिल्लादेखि वडा तहसम्म स्थापित गर्ने तथा पार्टी भित्रको गुटउपगुट भत्काएर बागलुङमा पहिलो पार्टीको रुपामा विकास गर्ने उद्देश्य रहेको नयाँ विश्वलाई बताउनु भयो ।

यस्तै अध्यक्षका आकांक्षी पूर्वअध्यक्ष जनक राज पौडेलले पनि पार्टीको नेतृत्व गर्ने गरी चुनावी मैदानमा जाने बताउनु भयो ।

पौडेलले पार्टीलाई सुदृढ र बलियो बनाउन आफूले नेतृत्व गर्न खोजको पौडेलको भनाई छ । एमाले बागलुङको अध्यक्षको लागि गण्डकी प्रदेशका पूर्वसदस्य तथा पूर्व जिल्ला कार्यसमिति सदस्य हरिनारायण गौतम पनि बलियो दावेदारको रुपमा देखिनु भएको छ ।

गौतमले सुदृढ र गतिशिल नेकपा एमाले पार्टीको रुपमा अगाडी बढाउने र समाजवाद केन्द्रित कार्यक्रम ल्याएर जनताको दैनिक जिवनमा आर्थिक र सामाजिक परिवर्तन गर्नको लागि प्रयत्नशिल रहने बताउनु भयो ।

जिल्ला नेतृत्वको लागि चार जना मैदानमा भए पनि अन्तिममा कति जनाले अध्यक्षको लागि प्रतिस्पर्धा गर्ने हो त्यो एमाले पार्टी भित्र बन्ने पछिल्लो बदलिदो समिकरणले निर्धारण गर्ने छ ।

पार्टीलाई जिवन्त राख्न सक्ने र कार्यकर्ता र जनताको भावना बुझेर पार्टीको नीति तथा क्रांर्यक्रम बनाउन सक्ने नेतृत्वको खाँचो भएको एमाले बागलुङका कार्यकर्ताहरुको मनोभावना रहेको छ । प्राय मतदातले कस्लाई भोट हाल्ने भन्ने मानसिकता बनाइ सकेको छ । उनीहरुले भरोसा योग्य नयाँ नेतृत्वको खोजिमा छन् भने पुरानो अनुहारमा पनि व्यापक सुधार चाहेका छन् ।

एमालेको दशौं अधिवेशनको लागि जिल्लाभरबाट ६३७ जना प्रतिनिधि छनौट भइसकेका छन् । उनीहरुले जिल्ला नेतृत्व चयन गर्ने छन् । अधिवेशनले १ सय ५ सदस्य रहेको जिल्ला कमिटि निर्माण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्