१७ बैशाख २०८१, सोमबार

 

ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण, को-को भए पास ?

काठमाडौं । उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा बुधबार ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् । गत ७ फागुनबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट ६ हजार ३२१ जना परीक्षार्थी उउत्तीर्ण भएका हुन् ।

उत्तीर्ण भएका परीक्षार्थीले सिप परीक्षा दिनुपर्नेछ । सिप परीक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुनेछ । पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै तिमि, स्थान र समयममा उपस्थित हुन ईपीएस कोरिया शाखाले सूचित गरेको छ ।

‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरु कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर) मा सूचीकृत हुने वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले जनाएको छ ।

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म र तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म सञ्चालन हुनेछ ।

को-को भए पास (सूची)

प्रतिक्रिया दिनुहोस्