२० बैशाख २०८१, बिहीबार

 

एमाले बागलुङको सचिवमा गणेश थापा सर्वसम्मत

बागलुङ । नेकपा एमाले बागलुङको सचिवमा गणेश थापा सर्वसम्मत भएका छन् ।

सचिव पदमा थापासँगै उम्मेदवारी दिएका कुमार खड्का र चन्द्र प्रकाश शर्माले सहमतिमा थापालाई समर्थन गरेपछि निर्वाचन समितिले थापालाई सचिव पदमा सर्वसम्मत भएको घोषणा गरेको हो ।

यसै गरी एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी, उपाध्यक्षमा विष्णु भुषाल, उपसचिवमा धनबहादुर परियार र महिला तर्फको उपसचिवमा करमती पुन सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्