१८ बैशाख २०८१, मंगलवार

 

अन्तर विद्यालय स्तरीय बास्केटवल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीलाई

बागलुङ । हाइकर्स यूनाइटेड बागलुङले आयोजना गरेको अन्तर विद्यालय स्तरीय बास्केटवल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमी ब्लुले जितेको छ ।

बुधबार न्यू ओएसिस एकेडेमीले फ्युचर ब्राईटर बोर्डिङ स्कुललाई पराजित गरेको थियो ।

प्रतियोगिताको विजेता न्यू ओएसिस एकेडेमी र उपविजेता फ्युचर ब्राईटर बोर्डिङ स्कुलले क्रमशः नगद १५ हजार र ७ हजार ७ सय ७७ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । कार्यक्रम हाइकर्स युनाईटेड बागलुङका अध्यक्ष प्रवेश शर्माको अध्यक्षता र सदस्य रोहन जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्