७ जेष्ठ २०८१, सोमबार

 

संसद्‌मा कांग्रेस सांसदहरूको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरेको छ।

बिहीबार सुरू भएको बर्खे अधिवेशनको पहिलो बैठक नै कांग्रेसका सांसदहरूले बैठकमा नाराबाजी गरेका हुन् ।

बैठक सुरू हुने बित्तिकै आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।

उनीहरूले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहे र नरहेकोबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन्।

त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताएका थिए ।

अवरोधकै बीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन खोजेका थिए। उनले पत्र पढेर सुनाउन खोजेपछि कांग्रेसका सांसदहरूले रोष्ट्रम घेराउ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्