जापान । जापानको नागोया शहरमा नेपाल फेस्टिभल भव्यताका साथ सम्पन्न भएको छ। जुन ८ र ९ तारिक सम्पन्न उक्त फेस्टिभलमा नेपाली सहित जापानिजको खचाखच उपस्थिति थियो।
जापानमा यति भव्य र सभ्य नेपाली नेपाली फेस्टिभल आयोजना गरेकोमा जापानका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदीले आयोजकलाई आभार अनि धन्यवाद व्यक्त गरेका छन्। नेपाल फेस्टिभलको पहिलो र अन्तिम दिन नेपाली र जापनिजहरुको भिड देखिन्थ्यो । नेपाली कला संस्कृतिमा नेपाली मात्रै होईन, जापानिजहरु पनि रमाई रहेका देखिन्थे।
नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेश्रो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले फेस्टिभलमा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।
म भन्नुभन्दा पनि हामी र हाम्रो भन्ने भावनाले सबै नेपाली समुदाय लागेकोले फेस्टिभल पूर्ण सफल भएको घिमिरेको तर्क छ। फेस्टिभल शुरु हुन पूर्व शनिवार विभिन्न भेषभूषामा सजिएका टोलीहरुले झाँकी सहित जापानको नागोया शहरको बिभिन्न क्षेत्र परिक्रमा गरिएको थियो।
फेस्टिभल जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर केसीको प्रमुख आतिथ्यमा शनिबार उद्घाटन भएको थियो । उद्घाटन समारोहमा राजदूत सुवेदीले नेपाललाई सगरमाथा र बुद्धको देश भनेर चिनाउन फेस्टिभलले राम्रो भूमिका खेल्ने उल्लेख गरेका थिए ।
नागोयाको आईची प्रिफेक्चरका गभर्नर हिडेयाकी ओमुराले तेस्रो नेपाल फेस्टिभल नागोयाले जापानमा नेपालीहरुको कला, संस्कृति, भाषा, संस्कार संरक्षणका लागि सराहनीय भूमिका रहने बताएका छन् । गैर आवासीय नेपाली संघ एनआरएन जापानका अध्यक्ष नविन न्यूरेले नेपाली कला सभ्यतालाई विश्व सामु चिनाउन सम्पूर्ण नेपालीहरुले साथ सहयोग गर्न अनुरोध गरेका थिए ।
फेस्टिभलमा नेपालका दुरदराजमा समेत प्रयोग हुने ढिकी, जातो लगाएत थुप्प्रै चलन चल्तीका सामानहरु राखिएका थिए। जापानमा नै जन्मिएका बालबालिकाहरुका लागि आफ्नो मौलिकता वारे पनि चिन्ने अवशर भएको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले बताए।
फेष्टिबलमा पहिलो पटक जापानीज प्रोफेसनल महिलाहरुले नेपाली गीत संगीतमा नृत्य गरेका थिए। फेटिबलको साँस्कृतिक कार्यक्रममो जिम्मा आदिवासी जनजाति महासंघले लिएको थियो।महासंघको यो फेटिबलको मुख्य सह–आयोजक पनि हो ।
नागोयामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरू पनि फेष्टिबलमा सह–आयोजकको रुपमा रहेका थिए। फेस्टिभल एनआरएनए क्षेत्रीय समिति नागोयाको आयोजना एवं नेपाली राजदुतावास टोक्योको सहयोगमा सम्पन्न भएको हो।
फेष्टिबलका साँस्कृतिक संयोजक श्याम शित्तल श्रेष्ठका अनुसार फेष्टिबलमा नेपाली लोक बाजा, पञ्चे बाजा, विभिन्न झाँकीहरु प्रस्तुती ले झनै आकर्षक बनाएको बताए।
फेष्टिबलका आर्थिक समिति संयोजक एवं फेस्टिभलका संरक्षक समेत रहेका दिपक कार्कीका अनुसार फेष्टिबललाई सभ्य र भव्य बनाउन भूमिका खेल्ने सबैलाई आभार व्यक्त गरेका छन्, अब छिट्टै फेस्टिभलको आय – व्यय प्रस्तुत गर्ने छौं उनले भने।
फेस्टिभलमा स्यमं सेवकहरुको भूमिका सह्रानिय थियो। एनआरएनए क्षेत्रीय समिति नागोयाका सचिव प्रतिक कार्कीले सबैको साथ सहयोग बाट नेपाली फेस्टिभल सफल भएको बताए।
फेस्टिभलको अन्तिम दिन बेलुका केहि क्षण वर्षा भएपनि छाता ओढेरै पनि दर्शकहरु गित संगितमा झुमि रहेका देखिन्थे ।













































































































































































































