लेनिनको मुटु जोडले ढकढक गरिरहेको थियो । त्यो दिन त्यो समय जसका लागि लेनिनले यत्रो वर्ष संघर्ष गरेका थिए त्यो संघर्षको मुख्य चरण आज आफ्नै अगाडि थियो ।
लेनिन र एड्नो रहियालाई रमाल्नी भन्ने ठाउमा जान दिइयो । लेनिनले ओवरकोटको टाँक खोल्नु भई हात खल्तीमा राख्नु भएको थियो ।
लेनिनले आफूले बनाएको नक्कली कपाललाई बिर्सी सक्नु भएको थियो । एउटा घरको तेस्रो तलाको कोठामा सरासर प्रवेश गर्नु भयो जुन सैनिक क्रान्तिकारी समितिको कोठा थियो । समितिका सबै सदस्यहरुको कोठामा उपस्थित भइसकेका थिए । १२ घण्टादेखि समितिको बैठक भई रहेको थियो ।
बैठकमा क्रान्तिलाई कैयौँ रुप दिने सवालमा बैठक केन्द्रित थियो । बीचबीचमा लाल सेनाहरु र कलकारखानाका मजदुरहरु आउने जाने क्रमचलिरहेको थियो ।

लेनिन कोठामा प्रवेश गरे पश्चात टोपी फुकान्नु भई सदाका लागि नक्कली कपालपनि निझिक्नु भयो । जसको अब कुनै आवश्यकता थिएन ।
सैनिक क्रान्तिकारी समितिका दुब्लो अनिद्राका कारण सुन्निरहेको आँखा भएको मान्छे जस्लाई इल्थीच बोदबोइस्की नामले बोलाउने गरिन्थो ।
पोदवोइस्की लेनिनको सम्बोधनको लागि अर्धौयताका साथ प्रतिक्षा गरी राख्नु भएको थियो । लेनिनको आगमनले सबैलाई खुसीको रक्त संचार गरायो ।
सबै सदस्यहरुमा नयाँ जोश र साहस भरिएको स्पष्ट संकेत सबै सदस्यहरुको मुहारमा झल्किरहेको थियो ।
ढिलो गर्नुको अर्थ हुन्छ मृत्यु लेनिनले दृढता पुर्वक आफ्नो कुरा राख्न सुरुगर्नुभयो । हामीले हुलाक, दुरसञ्चार, रेलवे स्टेसन तथा पुलहरुमाथि कब्जा जमाउनु पर्छ आजै राति ।
लेनिन आएको खबर स्माल्नीको सम्पुर्ण लाल सैनिकहरुमा फैलि सकेको थियो सन्देश बाहकहरुले आदेश प्राप्त गरी सकेको थियो ।
हुलाक, दुरसञ्चार, रेलवे स्टेसन तथा पुलहरुमाथि कब्जा जमाउने निर्णयपछि लाल सैनिक लामबद्ध भएर स्मोलनीको सामुन्नेको मैदान अगाडि बढि रहेको थियो । सशस्त्र मजदुरहरु सैन्य सामग्रीले सुसज्जित भएर रातको अध्याँरोमा आ–आफ्नो स्थानको लागि हिडि सकेको थिए ।
लाल सिपाहीहरु र जहाज चलाउनेहरु सबै सैनिक क्रान्किारी समितिको आदेश पुरा गर्न आफ्नो कार्यमा तिब्र गतिले लागि सकेका थिए ।
२४ अक्टोबरको राति सशस्त्र मजदुर र क्रान्तिकारी सैनिकले रुसको राजधानी पेत्रोग्राद आफ्नो कब्जामा लिए । अस्थायी सरकारका सदस्यहरु शीत प्रसादमा डेरा जमाएर बसेको थिए ।

शीत प्रसादको अग्र भाग नेवानदीसम्म र पछिल्लो भाग विशाल द्धोत्र्सोबाया स्क्वायसम्म फैलिएको थियो । शीत प्रसादका सेता स्तम्भहरु र मुर्तिहरुद्धारा सजिएको थियो ।
प्रसादको उपल्लो तलामा प्वाँख फैलाएर बसेको चीलको मुर्ति थियो । यस प्रसादमा पहिले जार रुसको राजा बस्ने गर्दर्थे ।
लेनिनले सैन्य समितिका अध्यक्ष पोद्वोइस्कीलाई भन्नु भयो सबै पेत्रोग्राद आफ्नो आधारमा आई सकेको छ । तर शीतप्रासाद माथि अझै हाम्रो कब्जा हुन सकेको छैन ।
त्यसमाथि छिट्टै कब्जा हुन नसकेको छैन । छिट्टै कब्जा गरी अस्थायी सरकारका सबैलाई गिरफ्तार गर्नुपर्छ ।
२५ अक्टोबर क्रान्तिको पहिलो बिहान जनताहरुको नाममा लेनिनले सम्बोधन गर्नु भयो । अपिलमा लेखिएको थियो अस्थायी सरकारलाई अपदस्त गरेर सोभियलहरुले सत्ता आफ्नो हात लिएको छ ।
क्रान्ति विजय प्राप्त ग¥यो । राजनैतिक घटनाक्रम तिव्र गतिले विकसित भईरहेको थियो ।
अस्थायी सरकारको हातबाट सत्ता खोसि सकेको थियो । अस्थायी सरकारका मन्त्रीहरुले आफूलाई शीत प्रसादमा बन्द गरेर राखेका थिए ।
लेनिनले सैन्य अध्यक्षसँग यस बारे जवाफ मागे । पोदमोइस्कीले लेनिनलाई जानकारी दिए शीत प्रसादमाथि आज हाम्रो कब्जा हुनेछ ।
लाल सेनाका समूहहरु र क्रान्तिकारी दस्ताहरुलाई शीत प्रसाद घेर्ने आदेश दिई सकेको थियो । मजदुरहरु र लाल सैनिकहरुले शीत प्रसाद जाने सबै नाकाहरु बन्द गरी सकेका थिए ।
शीत प्रसादलाई चारै तिरबाट घेरी सेकेको थिए । खास खास स्थानमा सैन्य तोप राखिएको थियो ।
तारपीडो जहाजहरुले नेवा नदिबाट पनि शीत प्रसादलाई निशाना बनाई सकेको थियो । यो २५ अक्टोबर सन् १९१७ रातिको कुरा हो ।


उक्त प्रसादमा अस्थायी सरकारका सैनिकहरुले शीत प्रसाद अगाडिका सबै बाटोहरुमा अवरोध खडा गरी आक्रमण गरी राखेका थिए ।
मेशीन गनबाट अवरोधमाथि आगो बर्साउदै लाल सैनिक प्रसाद स्क्वाएर अगाडि बढी रहेको थियो ।
अस्थायी सरकारका सैनिकहरु हतियार फालेर प्रसादको भित्र दौडिरहेका थिए ।
मजदुर क्रान्ति जिन्दावादको नारा लगाउदै लाल सैनिक र सशस्त्र मजदुरहरुले दरवार भित्र प्रवेश गरे ।
सयैं कोठा, झ्याल,मखमल, रेशम, तस्विर,मुर्तिहरु, बहुमुल्य फर्निचर, ठुलाठुला ऐना निशाना लगाउदै लाल सैनिक अगाडि बढीरहेको थियो ।
जस्को नेतृत्व अन्तोनोव ओब्सेयेन्सको येरेमेयेव पोद्वोइस्कीहरुले गरेका थिए । अस्थायी सरकारका सबै मन्त्रीहरु आफूलाई एउटा हल भित्र बन्द गरेका थिए ।

लाल सैनिकका कमाण्डरले अस्थायी सरकारका सबै सैनिकहरुलाई हतियार त्याग्न र आत्मसमर्पण गर्न आदेश दिएको थियो र मन्त्रीहरुलाई गिरफ्तारको निर्णय सुनाइएको थियो । रात धेरै छिप्पीएको थियो तर स्मोल्लीका सबै घरहरु उज्यालो बत्तीहरुले जगमगाईरहेको थियो ।
सबै ठाउहरुमा जनताको भिड बढीरहेको थियो । शीत प्रसाद कब्जा गरिएको समाचार सुन्न मानिसहरु प्रतिक्षा गरी रहेका थिए ।
जोर जोर ढगंले बुट बजार्दै सैनिक क्रान्तिकारी समितिका अध्यक्ष पोद्वाइस्की कोठामा प्रवेश गरी अध्यक्ष लेनिनलाई सैल्युट गरेपछि जानकारी दिए साथी लेनिन शित प्रसाद हाम्रो कब्जामा भै सक्यो । लेनिन उत्तैजित हुदैं पोद्बोइस्कीलाई जोडदार ढङगले अंगालो मारे ।
लेखक मारिया प्रिलेजाययेवारबाट लिखित पुस्तकबाट अनुवाद
अनुवादक मुकेशचन्द्र राजभण्डारी













































































































































































































