गलकोट । महिला भलिवल समुहद्वारा गलकोट नगरपालिकालाई ट्रफि हस्तान्तरण गरिएको छ ।
साउने युवा क्लव ताराखोलाले आयोजना गरेको साउने संक्रान्ति मेलामा महिला भलिवल प्रतियोगिता अन्तर्गत गलकोट नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रथम भएका महिला समूहले आज गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेलाई ट्रफि हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले प्रथम हुने महिला समूहलाई बधाई दिदै गलकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने बताउनुभएको थियो ।
उहाँले खेलकुदको माध्यमबाट गलकोट नगरपालिकालाई विभिन्न ठाउँमा चिनाउन मद्दत गरेको बताउदै भोलिका दिनमा पनि खेलकुदको माध्यमबाट गलकोटको पहिचान बढाउने कार्य गर्ने बताउनु भयो ।
सो अवसरमा गलकोट नगरपालिकाको प्रतिनिधित्व गर्ने भलिवल महिला समूहलाई सम्मान गरिएको थियो ।
त्यस्तै गलकोट नगरपालिकाले खेलाडिलाई प्रोत्साहन स्वरुप गलकोटबाट ताराखोला खेल खेल्नका लागि जाँदै गर्दा लागेको यातायात खर्च र पोशाक खर्च एवं सम्मान स्वरुप नगद रकमले पुरस्कृत गरिएको थियो ।













































































































































































































