४ श्रावण २०८३, सोमबार

 

चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल शुरु

बागलुङ । चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको सह–आयोजनामा तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।

प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन एनप्याव्सन गण्डकी प्रदेश सदस्य तथा जिल्ला सचिव निशान खड्का र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य एवं धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्माले संयुक्त रुपमा गर्नु भयो ।

कार्यक्रम चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षता, शिक्षक रोहन जिसीको स्वागत र सुरेश सुनारको संचालनमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा विद्यालयका शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पहिलो चरणका खेल सकिएको, सेमीफाइनल र फाइनल खेल हुने चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलका खेलकुद प्रशिक्षक तथा प्रतियोगिताका खेल संयोजक सौगात जंग खड्काले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद १८ हजार, मेडल, ट्रफी र प्रमाणपत्र र उपविजेता टोलीले १२ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबका सदस्य सुशील राजभण्डारीले बताउनु भयो ।

खेलका सर्वोत्कृष्ट खेलाडीसहित विधागत उत्कृष्ट खेलाडीहरु पनि पुरस्कृत हुने विद्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung