१९ भाद्र २०८३, शुक्रबार

 

हाईकर्स फुटसलको उपाधी फ्युचर ब्राइटरलाई

बागलुङ । हाईकर्स युनाईटेड बागलुङको आयोजनामा भएको दोस्रो अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी फ्युचर ब्राइटर बोर्डिङ स्कुलले जितेको छ ।

विद्यार्थीको खेल प्रतिभालाई उजागर गर्ने र जिल्लाको खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले दुई दिनसम्म संचालन भएको प्रतियोगिताको फाइनलमा विद्यामन्दिर माविलाई पराजित गर्दै फ्युचरले उपाधी जितेको हो ।

फ्युचरले फाइनल खेलमा ४–३ गोलले विद्यामन्दिरलाई पराजित गरेको हो । प्रतियोगितामा विभिन्न बिद्यालयका गरि १८ टिमको सहभागिता रहेको थियो ।

विजेता बनेका फ्युचरले नगद २२ हजार २ सय २२ सहित ट्रफि, मेडेल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको विद्यामन्दिरले नगद ११ हजार १ सय ११ सहित ट्रफि, मेडेल, र प्रमाणपत्र प्राप्त गरेको हाईकर्स युनाईटेड बागलुङका सचिव रोहन जिसीले जानकारी दिए ।

यस्तै अनुशासित टिम, सवोत्कृष्ट खेलाडि, बेष्ट किपर, बेष्ट कोच, र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने उहाँले बताउनुभयो । प्रत्येक खेलको म्यान अफ दि म्याच पनि प्रदान गरिएको क्लवका अध्यक्ष धिरन पुनले जानकारी दिए ।

ढोरपाटनबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung