बागलुङ । हाईकर्स युनाईटेड बागलुङको आयोजनामा भएको दोस्रो अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगितामा विद्यामन्दिर माध्यमिक विद्यालय दोस्रो भएको छ ।
विद्यार्थीको खेल प्रतिभालाई उजागर गर्ने र जिल्लाको खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले दुई दिनसम्म संचालन भएको प्रतियोगिताको फाइनलमा विद्यामन्दिर माविलाई पराजित गर्दै फ्युचर ब्राइटर बोर्डिङ स्कुलले उपाधी जितेको हो ।
विद्यामन्दिर माविले आइतबार फुटसल प्रतियोगितामा विजयी आठ जना विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडकीको उपाधी र सर्वाधिक गोलकर्ताको उपाधी विद्यामन्दिर माविले नै प्राप्त गरेको थियो ।
कार्यक्रम विद्यामन्दिर माविका प्रधानाध्यापक छवि रमण रेग्मीको अध्यक्षता र विहानी ईन्चार्ज शिक्षक कुलराज शर्माको सञ्चालन सम्पन्न भएको थियो ।















































































































































































































