बागलुङ । बागलुङको बरेङ गाउँपालिका-५ सुखौरामा पालिका स्तरीय छैठौँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ ।
गण्डकी प्रदेश सांसद डिल्ली राम सुवेदीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा १० विद्यालयहरुका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएको थियो ।
खेलकुद प्रतियोगिताले बरेङ गाउँपालिकालाई चिनाउनुको साथै राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सहयोग पुग्र्ने सांसद सुवेदीले बताउनुभयो ।
प्रतियोगित्मक कार्यक्रमहरु पुस १२ र १३ गतेसम्म सञ्चनलनमा रहने प्रवक्ता तुफान पुनले बताउनुभयो ।
कार्यक्रम बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, पालिकाका प्रवक्ता तुफान पुनको स्वागत र रोजगार संयोजक केशव राज क्षैत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।


इपरिन्युजबाट













































































































































































































