काठमाडौं। एसियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत भएका बिमालेख नवीकरण गर्दा लाग्ने ब्याज शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।
कम्पनीले गत माघसम्म बिमा शुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका अर्थात् पूर्ण व्यतीत भएका बिमालेख फागुन १९ गतेदेखि आगामी चैत १९ गतेसम्म नवीकरण गर्दा छुट दिने भएको हो।
कम्पनीले परिपक्व हुन बाँकी अवधि २ वर्षदेखि ५ वर्षभन्दा कममा २५ प्रतिशत र ५ वर्षदेखि माथिको भएमा ५० प्रतिशत ब्याज छुट दिनेछ।
२ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा र एकपटक छुट सुविधा लिइसकेकालाई पुनः छुट सुविधा नमिल्ने कम्पनीले जनाएको छ

















































































































































































