१५ बैशाख २०८२, सोमबार

 

९ महिनादेखि अन्तरिक्षमा फसेका सुनीता र बुच पृथ्वीमा फर्किए

नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् । नेपाली समयअनुसार बुधबार बिहान ३ः५३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा आइपुगेको हो ।

जब सुनीता र बुच दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, तब उनीहरूको अनुहारमा मुस्कान देखिएको थियो । अन्तरिक्ष स्टेसनबाट जमिनमा पुग्न यानलाई १७ घण्टा लागेको बताइएको छ ।

अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि चार प्यारासुट खुले र उनीहरूलाई अमेरिकाको फ्लोरिडास्थित तटमा बिस्तारै अवतरण गरियो ।

नासाको कमर्सियल क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले सफलता दिलाएका चालक दलका सदस्यहरूको प्रशंसा गरे ।

सुनीता र बुच सन् २०२४ को जुन ५ मा स्टारलाइनर परीक्षण यानबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) गएका थिए । त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कनुपर्ने थियो । तर अन्तरिक्षयानमा गडबडीका कारण उनीहरू उतै फस्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung