१७ बैशाख २०८२, बुधबार

 

पूर्वउपराष्ट्रपति पासाङ माओवादीको उपाध्यक्षमा मनोनीत

बागलुङ । नेकपा (माओवादी केन्द्र) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको उपाध्यक्ष मनोनीत गरेको छ।

यही चैत १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसँगै पार्टीको उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको हो । यसअघि पार्टीले पासाङलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो ।

गत माघमै पासाङ केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए ।पुन उपाध्यक्षमा मनोनीत भएको विषय माओवादी केन्द्रले पार्टीका तल्लो कमिटीलाई सर्कुलर गरिसकेको छ।

सुरुमा पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राख्दा पार्टीभित्र र बाहिर पनि आलोचना भएको थियो। पुन २०७२ सालदेखि २०७९ सम्म दुई कार्यकाल उपराष्ट्रपति भएका थिए।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung