१५ बैशाख २०८२, सोमबार

 

बागलुङ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा बाबुकाजी केसी, सचिवमा कृष्ण गोविन्द राजभण्डारी

बागलुङ । बागलुङ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा बाबुकाजी केसी सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको २३औँ साधारण सभाले केसीको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजेन्द्र प्रसाद शाक्य, सचिवमा कृष्ण गोविन्द राजभण्डारी, कोषाध्यक्षमा लक्ष्मी शाक्य र सह–सचिवमा राजन कुमार श्रेष्ठ चयन भएका छन् ।

साथै सदस्यहरुमा धना सुनार, दुर्गाबहादुर क्षेत्री, अजित श्रेष्ठ, सुनिल शाक्य, रञ्जना श्रेष्ठ र यदुनाथ घिमिरे रहेका छन् ।

सहकारीको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा महेन्द्र सिंह रायमाझी र सदस्यमा कल्पना शर्मा चयन भएका छन् । लेखा तथा सुपरिवेक्षण समितिमा एक सदस्य चयन हुन बाँकी रहेको सहकारीले जनाएको छ ।

साधारण सभामा उत्कृष्ट कारोबार गर्ने असल ऋणी, बचतकर्ता र सहकारीका दुई कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung