
बागलुङ । प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी र प्रत्यक्ष दृष्टि नेपालले जलजला गाउँपालिका-८ फोर्से निवासी चन्द्रावती पाध्याको स्मृतिमा मंगलबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
काठमाडौंको बालाजुमा सञ्चालनमा रहेको प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका अध्यक्ष हरिकृष्ण पाध्याका आमा तथा सहकारीका सल्लाहकार विष्णु कुमारी उपाध्यायकी सासु आमा र शम्भु नारायण पाध्या, कालिका रेग्मी, मालिका पौडेल, जालपा पौडेल र चण्डकी पौडेलकी ममतामयी आमा चन्द्रावती पाध्या प्रति प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका सचिव किस्मत जंग राजभण्डारी र सहकारीका कार्यसमितिका कोषाध्यक्ष कृष्ण कुमार राजभण्डारीले श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट ज्वाई हेमलाल पौडेलले धन्यवाद व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको सञ्चालन प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका सचिव किस्मत जंग राजभण्डारीले गर्नु भएको थियो ।