काठमाडौं। भारतले ‘अपरेसन सिन्दूर’ सैन्य कारबाहीअन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गर्दा ३० जनाले ज्यान गुमाएको र कैयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
आतंकवादीले जम्मु कस्मिरको पहलगाममा एक नेपालीसहित २६ पर्यटकको गोली हानी हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा मिसाइल आक्रण गर्दा उक्त हताहती भएको हो।
भारतले गरेको हवाई हमलामा आतंकवादी नभई सर्वसाधारण नागरिक मारिएको पाकिस्तानी सरकारले दाबी गरेको छ।
भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कास्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो।
भारतीय रक्षा मन्त्रालयका अनुसार ती सबै स्थानबाट भारतमाथि हुने आतंकी आक्रमणको योजना र निर्देशन भइरहेको थियो।भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।
बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भारतले ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर हवाई हमला गरिएको जनाएको छ।
भारतको वासिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटिक थियो। केवल चिनिएका आतंकी शिविरलाई मात्र निसाना बनाइएको हो।’
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको सैन्य कारबाहीको जवाफ दिन लागिएको बताएका छन्।
संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ‘दुई आणविक शक्तिबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।’
पाकिस्तानको दाबी– भारतका पाँच लडाकु विमान खसाल्यौं
भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरिरहेका बेला पाकिस्तानले भारतका ५ वटा लडाुक विमान खसालेको बताएको छ।
पाकिस्तानी मिडियाका अनुसार फ्रान्समा निर्मित तीन वटा राफेल विमान र दुईटा रुस निर्मित लडाकु जहाज खसालेको पाकिस्तानले दाबी गरेको हो।
भारतीय विमानले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ। यद्यपि यसबारे भारतले कुनै प्रतिक्रिया दिएको छैन।(एजेन्सी













































































































































































































